३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


टीभीएसको ‘अपाचे रेस’को प्रारम्भिक छनोट


0
Shares

काठमाडौं, कात्तिक २७ । टीभीएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले ‘बाइक राइडर’लाई लक्षित गरी अघि सारेको ‘टीभीएस अपाचे रेस ट्रयाक एक्सपेरियन्स’को प्रारम्भिक छनोट प्रतियोगिता सम्पन्न भएको छ ।

बुधबार ललितपुर, जावलाखेलको एकान्तकुनास्थित सुजुकी ड्राइभिङ स्कुलको मैदानमा रेस सन्चालन भएको छ ।

छनोट पार गर्न सफल भएका २५ जना राइडरहरु भारतको चेन्नइमा रहेको मद्रास मोटर रेस ट्रयाकमा बाइक रेसमा सहभागी हुने कम्पनीले जनाएको छ ।

प्रतियोगिता चरणमा उनीहरुको बाइक हाँक्नसक्ने खुबी, शारीरिक क्षमता, अनुशासन आदिका आधारमा राइडरहरु छनोट हुने कम्पनीले जनाएको छ ।