३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


नेप्से झन्डै ५ अंकले झरेर ११ सय ३५ मा


0
Shares

काठमाडौं, कात्तिक २७ । बुधबार पनि सेयरबजारमा गिरावट जारी रह्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से झन्डै ५ अंकले झरेर ११ सय ३५ मा आएर थामियो ।

व्यापार, वित्त र अन्य सामान्य अंकले हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागे । जीवनबिमामा सबैभन्दा उच्च ४० अंक र उत्पादनमूलक समूहमा पनि २० अंकको गिरावट आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५४ कम्पनीका ९ लाख बराबर कित्ता सेयर २७ करोड ५५ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।