३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


माइतीघर मन्डलामा समाचकेवा पर्वको रौनक


0
Shares

काठमाडौं, कात्तिक २७ । थारु समुदायको महान् पर्व समाचकेवा बुधबार काठमाडौंमा पनि मनाइएको छ ।

थारु समुदायका दिदी–बहिनीहरुले दाजु–भाइको दीर्घायुको कामना गर्दै यो पर्व मनाउने गरिन्छ ।

बुधबार राजधानीको माइतीघर मन्डलामा भेला भएका थारु समुदाय विशेष उल्लासका साथ समाचकेवा पर्वमा सहभागी भए ।

यो पर्व कार्तिक द्धितिया तिथिदेखि प्रारम्भ भएर शुक्लपक्षको पूर्णिमासम्म मनाउने परम्परा रहेको छ ।

यस पर्वले पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिन्छ ।

यस पर्वमा साँझपख दिदी–बहिनीहरुले आफ्नो टोलमा समाचकेवा गीत र भजन–कीर्तन गर्दै हर्षोल्लासका साथ मनाउने गर्दछन् ।