Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


डोटीमा वडाध्यक्षमा चारजनाको उम्मेदवारी


0
Shares

विक्रम खड्का (इमेज)

डोटी, कात्तिक २७ । डोटीको आदर्श गाउँपालिका–२ को वडाध्यक्ष पदका लागि बुधबार चारजनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

आउँदो मंसिर १४ गते डोटीमा एक वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।

सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राप्रपाका तर्फबाट एक/एकजना तथा स्वतन्त्र एकजना गरी चारजनाले मनोनयनपत्र दर्ता गराएका हुन् ।

नेकपाका तर्फबाट रामबहादुर बोहराको उम्मेदवारी परेको छ । कांग्रेसका तर्फबाट महादेव साउदले उम्मेदवारी दिएका छन् । राप्रपाका तर्फबाट काशिराम ओझा चुनावी मैदानमा आएका हुन् ।

स्वतन्त्ररुपमा भूमिसिंह खड्काले मनोनयनपत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए ।

यसअघि, तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष प्रेम बोहराको सडक दुर्घटनामा परी मृत्यु भएको थियो । सो रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।