१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


सिन्धुपाल्चोक बाढी पीडितलाई नेविसंघ नेता शेर्पाको सहयोग


0
Shares

काठमाडौं, असार ४ । हण्ड्रेड ग्रुपले सिन्धुपाल्चोक जिल्लाका बाढी पीडितहरूलाई सोलार सहयोग गरेको छ ।

शुक्रबार नेपाल विद्यार्थी संघका नेता तथा समाजसेवी दुजाङ शेर्पाको नेतृत्वमा गएको ग्रुपले बाढीग्रस्त क्षेत्रमा पुगेर सोलार वितरण गरेको हो ।

शेर्पाले बाढी प्रभावित क्षेत्र हेलम्बुको तल्लो थिम्पु पुगेर १५ घरलाई २० थान सोलार सहयोग गरेको बताउनुभयो ।

‘खाद्यान्न भन्दा पनि अन्धकार समस्या भयो, हामीले मोबाइल चार्च पनि गर्न पाएनौं भन्ने गुनासो सुनेपछि सोलार दिँएका हौं ।’ शेर्पाले भन्नुभयो ।

यस्तै ग्रुपले १० वटा स्लिपिङ व्याग, १० थान त्रिपाल र ओषधी पनि वितरण गरेको छ ।