२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


काठमाडौंमा मेलम्चीको पानी आउने मिति फेरी अनिश्चित, आयोजनाको मुहानस्थलमा पुग्ने बाटो टुट्यो


0
Shares

काठमाडौं । मेलम्ची खानेपानि आयोजनाको मुहानस्थलमा बाढीले क्षती पुर्‍याउँदा काठमाडौंमा मेलम्चीको पानी आउने मिति अनिश्चित बनेको छ ।

मंगलबार मेलम्ची खोलामा आएको बाढीले आयोजनाको मुहानस्थल अम्बाथानमा रहेको कामदारहरु बस्ने क्याम्प, उपकरण, निर्माण सामग्री, पहुँच सडक, पुल लगायतका संरचना बगाएको छ ।

हेडवर्क्स पनि पूर्णरुपमा बाढीमा डुबेको छ । पानीको मात्रा घटेपछि इन्जिनियरहरुले परिक्षण गरेपछि मात्रै बाँध र हेडवर्क्समा क्षती पुगेको वा नपुगेकोबारे यकिन हुनेछ ।

त्यहाँ पुग्ने पुहँच मार्ग बगाएकोले हेलीकोप्टर वा ड्रोनबाट मात्रै हेर्न सकिने अवस्था छ । ड्रोनबाट हेर्दा हेडवर्क्सका बाहिरी संरचना ठिकै देखिएपनि हिलो र लेदो भरिएकोले पानी भित्रको संरचना कस्तो छ भनेर बुझ्न सकिएको छैन ।

अरु अस्थायी संरचनामा पनि क्षति पुगेको बताईएको छ । बाँधस्थल पुग्ने करिब दुई किलोमीटर पहुँच सडक समेत बाढीले बगाएको छ ।

चनौटेमा रहेको पक्की पुलमा पनि क्षति पुगेको छ भने आयोजनास्थलमा रहेको बेलीब्रिज बगाएको छ ।