
काठमाडौं । नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज राष्ट्रपति विद्या भण्डारीसहित उच्चस्तरीय नेताहरुसँग भेटवार्ता गर्नेछन् ।
राष्ट्रपति भण्डारीसँग अपरान्ह साढे ४ बजेदेखि ५ बजेसम्म चल्ने भेटमा आपसी हितका विषयमा छलफल हुने छ ।
आज नै राष्ट्रपति भण्डारीले बंगलादेशी राष्ट्रपति हमिदको सम्मानमा रात्रीभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ ।
रात्रिभोजअघि राष्ट्रपति हमिदसँग दिउँसो सवा ३ बजे उपराष्ट्रपति नन्दबहादुर पुन, २ बजेर ४० मिनेटमा प्रधानमन्त्री केपी शर्मा ओली, २ बजे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी बिहान ११ बजेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र बिहान १०ः५० मा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्