धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ५ ओख्रेमा लिफ्ट प्रविधिबाट खानेपानी ल्याएपछि खोला तथा आकासेपानीको भर पर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
ग्रामीण खानेपानी तथा सरसफाई कोष काठमाण्डौको सहयोग र गरीबी निवारण तथा ग्रामीण विकास कार्यक्रम (पर्डेप नेपाल) धनकुटाद्वारा सञ्चालित ग्रामीण खानेपानी आयोजना सञ्चालन गरिएको हो ।
लिफ्टिङ प्रणालीबाट सञ्चालनमा ल्याइएको ओख्रे खानेपानी तथा सरसफाई आयोजनाको कुल लागत ५५ लाख, ६० हजार, २ सय, ६५ रहेको पर्डेप नेपाल धनकुटाले जनाएको छ ।
आर्थिक वर्ष २०७४/०७५ देखि सुरु भएको ओख्रे खानेपानी तथा सरसफाई आयोजना २०७६ साल भाद्र महिनाको अन्तिम सातादेखि सञ्चालनमा आएको हो ।
दुई किलोमिटर टाढाको खोलाबाट पानी ल्याएर करिव ६ सय मिटर लिफ्ट गरेर डाँडामा ट्यांकी निर्माण गरी वितरण गरिएको छ । खानेपानी आयोजनाबाट १ सय १९ घर लाभांवित भएका छन् ।








प्रतिक्रिया दिनुहोस्