४ असार २०८२, बुधबार | Wed Jun 18 2025


यादवले बोलाएको बैठकमा नजान जसपा नेताहरुलाई ठाकुरको निर्देशन


0
Shares

upendra yadav mahantha thakur jasapa mcc decission

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले बोलाएका सबै बैठक अवैधानिक हुने जिकिर गर्नुभएको छ ।

अध्यक्ष ठाकुरले हिजो एक विज्ञप्ति जारी गरी उपेन्द्र पक्षले आजका लागि बोलाएको भनिएको कार्यकारिणी समितिको बैठक अवैधानिक र अनाधिकृत रहेको बताउनुभएको हो ।

उपेन्द्र यादवले बोलाएको बैठकबाट हुने कुनैपनि निर्णय पार्टीको आधिकारिक निर्णय हुन नसक्ने ठाकुरको जिकिर छ । ठाकुरले कार्यकारिणी समितिका सदस्यहरुलाई सो बैठकमा सहभागी नहुन निर्देशन समेत दिनुभएको छ ।

यससम्बन्धी जानकारी ठाकुरले निर्वाचन आयोगमा समेत पठाउनुभएको छ । जसपामा विवाद चर्कीएको बेला अध्यक्ष ठाकुरले ५१ सदस्यीय कार्यकारिणी समिति फेरफेर गरेपछि उपेन्द्र समुह थप झस्किएको छ ।

निर्वाचन आयोगले आफुहरुलाई आधिकारिकता दिनुपर्ने माग गरिररहेको उपेन्द्र समुह आयोग विरुद्ध सर्वोच्च अदालत जाने तयारीमा रहेको छ ।