Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


निजगढ–काठमाडौं द्रुतमार्ग ‘नयाँ अवधारणामा’ बन्ने


0
Shares

निजगढ, कात्तिक २६ । निजगढ–काठमाडौं द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएपछि अलमलमा परेको नेपाली सेनाले अब नयाँ अवधारणाअनुसार निर्माणकार्य अघि बढाउने भएको छ ।

नयाँ अवधारणाअनुसार सेना आफैंले तीन सुरुङ र केही ठूला पुलबाहेक सडक कालोपत्र, नाला, कल्भर्ट, पर्खाल र अन्य पुल आफैं निर्माण गर्ने भएको हो ।

द्रुतमार्गको सडक ‘फिलिङ’ र ‘कटिङ’ सकिएको २५ किलोमिटर क्षेत्र कालोपत्र तत्काल थालिने र सँगै नाला, पर्खाल बनाइनेछ ।

अब दु्रतगतिमा कालोपत्र, स–साना पुल, कल्भर्ट र पर्खाल बनाउने योजना अघि बढाइएको आयोजनाका संयोजक भरत खड्काले बताए ।

सेनाले निजगढदेखि ८.५ किलोमिटर उत्तरतर्फ सडक कालोपत्र, कल्भर्ट र पुल निर्माण थाल्ने भएको छ ।

सिस्नेरीको कठिन स्थानमा निर्माण कम्पनीले पहाड फोड्नेदेखि सम्याउने काम सकेपछि सेनाले चार लेनलाई चिरा पारेर दुई लेनको बनाउने तथा फेरि चार लेनसँगै जोड्ने साथै चोभारदेखि वाग्मतीसम्म फिलिङ, कटिङसँगै कालोपत्र गर्ने खड्काले बताए ।

चार वर्षभित्र निर्माणको सम्पूर्ण काम सक्ने शर्तमा २०७४ साउन २७ मा द्रुतमार्ग निर्माणको जिम्मा सेनालाई दिइएको थियो ।

शर्तअनुसार सेनाले २०७८ साउन २७ भित्र द्रुतमार्ग निर्माणको सम्पूर्ण काम सक्नुपर्नेछ ।

अहिले ५४.५१ किमि सडकमा फिलिङ, कटिङ, पर्खाल र जमिन बाँध्ने काम भइरहेको छ । रासस