
भक्तपुर, कात्तिक २६ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले मंगलबार अपराह्न भक्तपुरका साँस्कृतिक सम्पदाहरुको अवलोकन गरेका छन् ।
राष्ट्रपति हमिदलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलगायतले स्वागत गरेका थिए ।
करिब एक घन्टा भक्तपुरमा बिताएका राष्ट्रपति हमिदले दरबार स्क्वायरमा रहेका सुनौलो गेट, पचपन्न झ्याले दरबार, पाचँतले मन्दिरलगायतका सम्पदाको अवलोकन गरे ।
राष्ट्रपति हमिदको स्वागत कार्यक्रममा नगरमा रहेका विभिन्न परम्परागत तथा साँस्कृतिक नृत्य देखाइएको थियो ।
उनी नेपालको चारदिने औपचारिक सद्भावना भ्रमणकाक्रममा मंगलबारै दिउँसो काठमाडौं आइपुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस्