८ जेष्ठ २०८२, बिहिबार | Thu May 22 2025


१५ शैयाको ‘सुशील कोइराला मेमोरियल’ आइसोलेशन केन्द्र सञ्चालन


0
Shares

काठमाडौं । कोरोना संक्रमितहरूको निशुल्क उपचारका लागि सुशील कोइराला मेमोरियल आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको छ ।

सेवात्मक भावनाका साथ निशुल्क सेवा दिने उद्देश्यले १५ शैयाको आइसोलेशन केन्द्रमा सञ्चालनमा ल्याइएको केन्द्रले जनाएको हो । बुद्धनगर प्रहरी प्रभाग अगाडि रहेको केन्द्र जनप्रतिनिधि र डाक्टरहरूको संयुक्त पहलमा खोलिएको हो ।

ख्याती प्राप्त डाक्टर नर्सद्वारा चौबीसै घण्टा बिरामीको हाई केयरिङ गरिने केन्द्रले जनाएकाे छ । बिरामीको स्वास्थ्यलाई ध्यानमा राखी अक्सिजनको समेत व्यवस्था गरिनुका साथै प्रोटिनयुक्त,सन्तुलित भोजनकाे व्यवस्था मिलाईएकाे छ । साथै अशक्त बिरामीलाई डाक्टरहरू घरमै पठाएर उपचार गरिने बताइएकाे छ । भने बिरामीलाई घरमै लिन जाने र पुरयाउने समेत जाने व्यवस्था मिलाइएकाे बताएइकाे छ ।

सासंद दीपेन्द्र श्रेष्ठ , युवा नेता तारा पौडेल, अभय श्रीवास्तव , वार्ड नं १० र ११ का अध्यक्षलगायतकाे सहयोगी र सहकार्य रहेकाे छ । त्यस्तै,
मेरो हस्पिटल, जीवनी नेपाल, लायन्स क्लब ग्रान्ड सेन्टेनियल, ग्रेस इन्टरनेशन र हिमालय आयुर्वेदिक कलेजकाे पनि सहयाेग रहेकाे छ ।