
काठमाडौं, कात्तिक २६ । उद्योगी–व्यवसायीबीचकोे कानुनी विवाद समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघमा मेलमिलाप केन्द्र स्थापना गरिएको छ ।
केन्द्रको मंगलबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र संघका अध्यक्ष भवानी राणाले संयुक्तरुपमा उद्घाटन गरे ।
वाणिज्य क्षेत्रको कानुनी विवाद समाधान गर्न वैकल्पिक उपाय अपनाउने हिसाबले केन्द्र स्थापना गरिएको हो ।
अध्यक्ष राणाले उद्योगी–व्यवसायीहरुको न्यायिक निरुपणका लागि केन्द्र महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरिन् ।
उनले कुनैपनि विवाद समाधानका लागि अदालत जानुपर्दा व्यावसायिक वातावरण बिग्रनसक्नेतर्फ व्यवसायीहरु स्वयं सचेत हुनुपर्ने बताइन् ।
उद्योग वाणिज्य महासंघले व्यवसायीहरुको कानुनी विवाद समाधान गर्न निकट भविष्यमै सातओटै प्रदेशमा यसप्रकारको मेलमिलाप केन्द्र स्थापना गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्