
काठमाडौं, कात्तिक २६ । विगत ९ दिनदेखि डडेल्धुरामा अनशनरत् डा. गोविन्द केसीको समर्थनमा मंगलबार काठमाडौंमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
डा. केसीको जीवनरक्षाको माग गर्दै चिकित्सा शिक्षा अध्ययन संस्थान र त्रिवि शिक्षण अस्पताल महाराजगन्जका चिकित्सकहरुले प्रदर्शन गरेका हुन् ।
शिक्षण अस्पतालदेखि महाराजगन्ज चोकसम्म पुगेर र्याली कोणसभामा परिणत भएको थियो ।
कोणसभाका वक्ताहरुले डा. केसीको माग तत्काल पूरा गरी उनको जीवनरक्षा गर्न सरकारसँग माग गरे ।
प्रतिक्रिया दिनुहोस्