१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


मेलम्ची खानेपानीको मुहानमा बाढी पस्यो, कम्तीमा ६ जना बेपत्ता


0
Shares

काठमाडौं, असार १ । लगातारको बर्षाका कारण मेलम्ची खानेपानीको मुहानमा बाढी पसेको छ ।

मेलम्ची नदीमा मंगलबार साँझ आएको बाढी मेलम्ची खानेपानी आयोजनामा पसेको छ ।

आयोजनाभित्र बाढी पसेकाले क्षतिको विवरण कति भएको छ भन्न नसकिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हेलम्बु हुँदै आएको बाढीले ईन्द्रावती करिडोरमा ठूलो क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।

बाढीमा ६ जना बेपत्ता भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मेलम्ची आयोजनाको काम गर्ने व्यक्तिहरु बस्ने चाईनिज क्याम्पमा समेत बाढी पसिसकेको छ ।

मेलम्चीको बहाव अत्यधिक बढेकोले जनधनको क्षति हुनसक्ने अनुमान गरेको छ ।

बिस्तृत विवरण आउन बाँकी छ ।