३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


बैतडी र दार्चुलामा भूकम्पको धक्का


0
Shares

सुर्खेत । सुदूरपश्चिम प्रदेशका केही भूभागमा भूकम्पको धक्का महशुस गरिएको छ ।

भारत केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा धक्का महसुस गरिएको हो । 

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रविन्दु भएर गएको ४ दशमलव ६ रेक्टर स्केलको भूकम्पका कारण बैतडी र दार्चुलामा धक्का महसुस गरिएको हो ।

भूकम्प आज बिहान ७ बजेर ४५ मिनेटमा गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पवाट कुनै क्षति भएको छैन ।