
म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ५ घोडेपानीमा रहेका मगर समुदाय पुख्र्यौली नाँच संरक्षणमा लागेका छन् । परम्परागत रुपमा पूर्खादेखि गाउँदै बजाउँदै र नाचिँदै आएकोले यसलाई पूर्ख्यौली नाच भन्ने गरिएको हो ।
यो नाच लोप भएर नजाओस् भन्ने उद्देश्यले नाच प्रदर्शन गरिएको सेते तिलिजा पुनले जानकारी दिए । ‘शिख पुख्र्यौली समूह’ ले गाउँमा कसैको छेवर, विवाह आदि संस्कारहरुमा यो नाचलाई प्रदर्शन गर्ने गरेको थियो ।
यस नाचमा कलाकारहरूलाई खादा लगाएर टोपीमा पैसा घुसारी सम्मान गर्नुका साथै झेली र मादलको समेत पूजा गर्ने गरिन्छ । नाचको लागि एक जना गुर मादले हुने गर्दछ भने अन्य सहायक मादले हुन्छन् ।
त्यसैगरी एकजनाले भट्टयाएर आर्शिवाद प्रदान गर्ने गर्दछन् भने अरु कलाकारहरु गोलाकाररुपमा नाच्ने गर्दछन् । पहिला-पहिला विशेष अवसरमा मात्र प्रर्दशन गरिने यो नाच हिजोआज सार्वजनिक समारोह वा अन्य कार्यक्रमहरुमा पनि प्रर्दशन गर्ने चलन बढेको छ ।
प्रतिक्रिया दिनुहोस्