युरोकपः स्पेन र स्विडेनले खेले बराबरी « Imagekhabar – Online News Portal of Nepal
२१ मंसिर २०७९, बुधबार | Wed Dec 7 2022


युरोकपः स्पेन र स्विडेनले खेले बराबरी


0
Shares

एजेन्सी । युरोकप फुटबलमा स्पेन र स्विडेनले बराबरी खेलेका छन् । गएराति स्पेनको सेभियामा भएको खेलमा घरेलु टोली स्पेनलाई स्विडेनले गोलरहित बराबरीमा रोकेको हो ।

बराबरीसँगै दुबै टोली समुह ई मा अग्रता लिन असफल भएका छन् । यो समुहको अर्को खेलमा पोल्याण्डलाई २–१ ले हराएको स्लोभाकियाले अग्रता लिएको छ ।

युरोकपकै अर्को खेलमा चेक गणतन्त्रले स्कटल्याण्डलाई २–० ले हरायो । स्कटल्याण्डको ग्लासगोमा भएको खेलमा पाहुना टोली चेक गणतन्त्रका लागि प्याट्रिक शिकले दुई गोल गरे ।

युरोकप फुटबलमा आज समुह एफ का दुई खेल हुनेछन् । बेलुकी पौने १० बजे हंगेरीको बुडापेस्टमा हुने खेलमा घरेलु टोली हंगेरीले पोर्चुगलको सामना गर्दा राती पौने १ बजे जर्मनीको म्युनिखमा घरेलु टोलीलाई फ्रान्सले चुनौती दिनेछ ।

युरोकप फुटबलमा समुहका पहिलो चरणका खेलहरु आजबाट सकिदैछन् ।