३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


सुन–चाँदीको मूल्य उकालो लाग्नेक्रम जारी


0
Shares

काठमाडौं, कात्तिक २५ । सोमबार पनि सुन–चाँदीको मूल्य उकालो लाग्नेक्रम जारी रह्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर तोलाको ७१ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य आइतबार तोलामै ११ सयले बढेर तोलाको ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको ८४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंन्स १४ सय ६६ डलर हाराहारीमा कारोबार भएको थियो ।