
काठमाडौं, कात्तिक २५ । निरन्तर ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजारमा सोमबार भने दोहोरो अंकको वृद्धि आयो । कारोबार पनि आधा अर्ब बढी पुग्यो ।
अन्य समूह नगन्य अंकले मात्र रातो रहेबाहेक अरु सबै समूह उकालो लागे ।
जीवनबिमा समूह सबैभन्दा उच्च ७९ अंकले उकालो लाग्यो । निर्जीवन बिमा समूह पनि ६७ अंकले बढ्यो । उत्पादनमूलक समूह ५५ अंकले उक्लियो । लघुवित्त, होटल, विकास बैंक, जलविद्युत्, वाणिज्य बैंक समूह पनि दोहोरो अंकले सुधारिए ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १७५ कम्पनीका १९ लाख ९५ हजार कित्ता सेयर ५५ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्