५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


पाल्पामा खुकुलाे पार्दै लम्ब्याइयाे निषेधाज्ञा, पुस्तक पसल पनि खाेल्न पाइने


0
Shares

पाल्पा । कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको निष्कर्ष निकाल्दै जिल्लामा असार १२ गतेसम्म निषेधाज्ञा लब्याइएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सोमबार बिहान बसेको बैठकले वैशाख १७ गतेदेखि जारी निषेधाज्ञा चौथो पटक थप गर्दैै असार १२ गतेसम्म लम्ब्याएको हो ।

यसअघि थपिएको निषेधाज्ञा सकिन लागेपछि समितिले केही खुकुलो पार्दै निषेधाज्ञा थपेको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

समितिको बैठकले शैक्षिक सत्र सुरु भएकाले पाठ्यपुस्तक बिक्रीमा सहजीकरणका लागि बिहान ७ बजेदेखि ११ बजेसम्मका लागि पुस्तक पसल खोल्न दिने निर्णय गरेको छ ।

यस्तै, बैठकले यस अघि अत्यावश्यक दैनिक उपभोग्य खाद्य सामग्री दूध, फलफूल, तरकारी, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीका पसलहरू दैनिक चार घण्टा अर्थात बिहान ११ बजेसम्म खोल्न पाउने छन् ।

यस्तै वाणिज्य तथा विकास बैंकका शाखाहरू यस अघि १० बजेसम्म खुल्दै आएकोमा मंगलबारदेखि ११ बजेसम्म खोल्न दिने निर्णय भएको छ । यस अघि सहकारी, बीमा लगायतका वित्तिय संस्थाहरू बन्द रहेकोमा अब भने ११ बजेसम्म खोल्न पाउने भएका छन् ।

त्यसैगरी, अत्यावश्यक सेवाका कार्यालय र सवारीसाधनहरू सञ्चालनमा रोन नलागाउने निर्णय गरेको प्रशासनले सार्वजनिक यातायात र अन्य पसलहरू भने बन्द नै रहने जनाएको छ ।