
काठमाडौं, साउन १२ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू बाँचुन्जेल राष्ट्रको विकास र जनचाहनाबमोजिम समृद्धि तथा विकासको बाटोमा लागिरहने बताएका छन् ।
काठमाडौंको शान्तिनगरमा शनिबारदेखि सुरु भएको शिव महापुराण कथाको उद्घाटन गर्दै नेता सिंहले दलहरुबीच देखिएको विवाद र वैमनस्यताले मुलुकले चाहेजस्तो उपलब्धि हासिल गर्न नसकिने बताए ।
आपसी सहमति र समझदारीले नै विकासको ढोका खुल्ने उनको भनाइ थियो ।
महापुराण सुरु हुनुअघि शान्तिको कामना गर्दै कलशयात्रा निकालिएको थियो । महापुराण आगामी २३ गतेसम्म चल्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्