२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


फ्रेन्च ओपनको उपाधि जोकोभिचलाई


0
Shares

एजेन्सी । यस वर्षको फ्रेन्च ओपन टेनिसको उपाधि सर्बियन खेलाडी नोभाक जोकोभिचले जितेका छन् ।

फ्रान्सको पेरिसमा गएराति भएको फाईनल खेलमा ग्रीसका स्टेफानोस सित्सीपासलाई हराउँदै जोकोभिच च्याम्पियन बनेका हुन् ।

पाँचौं वरीयताका सित्सीपास विरुद्धको खेलमा सुरुका दुई सेट गुमाएका जोकोभिचले यसपछि लगातार तिन सेट जित्दै उपाधि हात पारे ।

विश्व नम्बर एक जोकोभिचले ६–७, २–६, ६–३, ६–२ र ६–४ को सेटमा खेल जितेका हुन् । योसँगै जोकोभिचले दोस्रो पटक फ्रेन्च ओपनको उपाधि जित्न सफल भए ।

उनले यसअघि २०१६ मा फ्रेन्च ओपन जितेका थिए । जोकोभिचको समग्रमा यो १९ औं ग्राण्डस्लाम उपाधि हो ।

उनी सर्वाधिक ग्राण्ड स्लाम जित्ने रोजर फेडेरर र रफाईनल नदालको उपाधिभन्दा अब एक उपाधि मात्रै टाढा छन् ।

फेडेरर र नदालले २० पटक ग्राण्डस्लाम जितेका छन् ।