३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


भद्रपुर विमानस्थल १० दिन बन्द हुने


0
Shares

झापा, कात्तिक २५ । झापाको चन्द्रगढीस्थित भद्रपुर विमानस्थल १० दिनका लागि बन्द गरिने भएको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरणले नियमित मर्मत–सम्भारका लागि मंगलबारदेखि आउँदो मंसिर ५ गतेसम्म विमानस्थल बन्द गर्ने जनाएको हो ।

धावनमार्ग मर्मतका कारण अब झापामा १० दिन उडान नहुने भद्रपुर विमानस्थलका प्रमुख पूर्णप्रसाद चुडालले जानकारी दिए ।

वायुसेवा सन्चालक संघले भद्रपुरबाट भइरहेका उडान अब विकल्पकारूपमा विराटनगरबाट हुने जानकारी दिएको छ ।