काठमाडौं । इंगल्यान्डले युरोमा विजयी सुरुवात गरेको छ ।
आइतबार साँझ बेम्बली रंगशालामा भएको खेलमा इंगल्यान्डले क्रोएसियामाथि १-० को जित दर्ता गर्यो ।
इंगल्यान्डको जितमा रहिम स्टर्लिङले गोल गरे ।
म्यानचेस्टर सिटीका फरवार्डले ५७ औँ मिनेटमा गोल गरेका थिए ।
स्टर्लिङलाई गोलका लागि काल्भिन फिलिप्सले पास उपलब्ध गराएका थिए ।





प्रतिक्रिया दिनुहोस्