निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका सिडियोहरुको बैठक बस्दै « Imagekhabar – Online News Portal of Nepal
२१ मंसिर २०७९, बुधबार | Wed Dec 7 2022


निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका सिडियोहरुको बैठक बस्दै


0
Shares

ktm cdo office

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु (सिडियो) को बैठक आइतबार बस्दैछ । निषेधाज्ञाबारे निर्णय गर्न दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

सिडियोहरुको बैठकले निषेधाज्ञाको समय लम्ब्याउने अथवा मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्दैछन् ।

वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो । सरकारले असार लागेसँगै निषेधाज्ञा केही खुकुलो बनाउने बताएको थियो ।