३० श्रावण २०८२, शुक्रबार | Sat Aug 16 2025


आरन पेशाले छाक टार्न धौ-धौ, युवाहरु पेशाबाटै विस्थापित


0
Shares

अर्घाखाँची । पुर्खादेखि गर्दै आएको आरन पेशा संकटमा परेको छ । परिवार पाल्न गाह्रो भएपछि यो पेशामा लागेका युवाहरु विस्थापित भएका छन् ।

केही पाका व्यक्तिहरुले मात्र यसलाई संरक्षण गर्दै आएका छन् । बालीघरे प्रथामा आधारित आरन पेशा महङ्गीले खर्च धान्न नसक्ने भन्दै संकटमा आएको हँसिया, खुर्पा, बञ्चरो लगायतका समाग्री बनाउँदै आएका रुब्दीका जुठबहादुर विकको भनाइ छ ।

दिनभरी फलाम पिटेर विभिन्न औजार बनाए बापत वर्षभरीमा आउने खाद्यान्नले बिहान बेलुका छाक टार्न धौ–धौ हुने गरेको र बजारमा आधुनिक हातहतियार र भाँडाकुँडा भित्रिने क्रम बढेसँगै पेशा नै संकटमा पर्न थालेको छ ।

आजभोली काम पनि पाउन छाडेको पाणिनी गाउँपालिकाका जुखुदीमा विकको भनाइ छ ।