३० श्रावण २०८२, शुक्रबार | Sat Aug 16 2025


कम्प्युटर अपरेटर नहुँदा लाइसेन्स नवीकरणको काम ठप्प


0
Shares

तनहुँ । यातायात व्यवस्था सेवा कार्यालय डुम्रेमा कम्प्युटर अपरेटर अभाव भएपछि नविकरणको काम ठप्प भएको छ ।

तनहुँको डुम्रेमा रहेको कार्यालयलाई गण्डकी प्रदेश सरकारले भदौ २५ गते निर्णय गरी लाइसेन्स नवीकरण गर्न पाउने अधिकार प्रदान गरेको थियो । तर, प्रदेश सरकारले निर्णय गरेको दुई महिना बितिसक्दासमेत नविकरणको काम सुरु भएको छैन ।

कार्यालयमा कम्प्युटर चलाउने दक्ष जनशक्ति नहुँदा नवीकरणमा समस्या भएको हो । यता कर्मचारी अभाव भएपछि नविकरण गर्न आउने सेवाग्राहीहरु पोखरा जान बाध्य भएका छन् ।

तनहुँसहित गोरखा, मनाङ र लमजुङबाट आउने सर्वसाधारणले सहज सेवा पाउन भन्ने उदेश्यले प्रदेश सरकारले डुम्रेमा कार्यालय स्थापना गरेको भएपनि दक्ष जनशक्तिको अभाव हँुदा दुई महिनादेखि लाइसेन्स नवीकरणको काम रोकिएको छ ।

कार्यालय प्रमुख विश्वकुमार श्रेष्ठले लाइसेन्स नविकरणको काम अब छिट्टै सुरु गर्ने जानकारी दिए ।