Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


महागुरु फाल्गुनन्दको १३५औँ जन्मजयन्ती : प्रेरणादायी उपदेश र मार्गदर्शनको पालना गर्न सक्नुपर्छ


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको पालना गर्न सके मुलुकलाई एकतावद्ध बनाउन सकिने बताएकी छन् ।

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३५औँ जन्मजयन्तीका अवसरमा किरात धर्मावलम्बीहरूमा शुभकामना व्यक्त गर्दै उनले राष्ट्रिय विभूतिको जन्मजयन्तीको दिनमा सबैमा धार्मिक सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना गरिन ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले फाल्गुनन्द जयन्तीका अवसरमा शुभकामना दिँदै  फाल्गुनन्दका जीवनसँग गाँसिएका महत्वपूर्ण ठाउँहरूलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

‘फाल्गुनन्दको जन्मभूमि चुक्चिनम्बा, ज्ञानभूमि फुलुङ्गी, कर्मभूमि सिलौती लोब्रे र तीर्थभूमि फक्ताक्लुङलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्छ’, प्रधानमन्त्री ओलीद्वारा जारी सन्देशमा भनिएको छ ।

छोरासरह छोरीलाई पनि अंश दिनुपर्ने, विद्यालय स्थापना गर्नुपर्ने, हिंसारहित समाज निर्माण गर्नुपर्ने फाल्गुनन्दको अभियानले आज पनि समाजलाई सकारात्मक दिशामा अगाडि बढाउन प्रेरित गरेको प्रधानमन्त्रीले बताएका छन् । 

Skip This