
काठमाडौं । इराकमा जारी सरकार विरोधी प्रदर्शनमा मारिनेको संख्या सय भन्दा बढी पुगेको छ । सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गर्दा दर्जनौंको मृत्यु हुनुका साथै कयौं घाइते भएको बताइएको छ ।
हिजो साँझ राजधानी बगदादमा भएको प्रदर्शनका क्रममा ६ जना सर्वसाधारण मारिएका छन् भने दर्जनौं घाइते भएको बताइएको छ ।
इराकी संसदको मानवअधिकार आयोगका अनुसार गत महिना मात्र ३१९ जनाको मृत्यु भइसकेको छ ।
सुरक्षाकर्मीहरुले बगदाद र दक्षिणी शहरहरुमा सत्तापक्षको विरोधमा भएको प्रदर्शन रोक्न जथाभावी गोली चलाएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
घाइतेहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुमाथि पनि सुरक्षाकर्मीबाट ज्यादती भएको बताइएको छ । इराकमा जारी हिंसा रोक्न अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहले अपीलसमेत गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्