Logo १६ कार्तिक २०८२, आइतबार | Sun Nov 2 2025


पुरानो नक्शा भएका पुस्तकलाई तुरुन्तै सच्याउने, नयाँ नक्शासहितको पुस्तक छाप्ने निर्णय


0
Shares

काठमाडौं, जेठ २८ । पाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिकोे बैठकले कालापानी लिम्पियाधुरा क्षेत्रको भू–भाग नसमेटि प्रकाशन भएका पुस्तकलाई तुरुन्तै सच्याउने निर्णय गरेको छ ।

अब चुच्चे नक्शा नभएको पृष्ठलाई नयाँ चुच्चे नक्शासहित छापेर बिक्रेतामार्फत विद्यालयमा पुर्‍याएपछि शिक्षकले सो पृष्ठ प्रतिस्थापन गर्न लगाउने छन् ।

सरकारी तथा निजी प्रकाशन गृहका पुस्तकका पुरानो नक्शालाई प्रतिस्थापन गरिने छ ।

पुस्तक बजारमा गइसकेको र नयाँ पुस्तक छाप्दा लागत बढ्ने तथा एक पृष्ठले गर्दा पुरै पुस्तक खेर फाल्नु भन्दा गल्ती छापिएको पृष्ठ मात्र सुधार गर्ने निर्णय गरिएको जनक शिक्षा सामग्री केन्द्रका प्रबन्धक अनिल झाले जानकारी दिनुभयो ।

दुई दिन पहिले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको पुराना नक्सा छापेर नयाँ संस्करण उल्लेख गरि बिक्रि गर्ने पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर कारबाही गर्न निर्देशन दिनुभएको थियो ।

गतवर्ष नयाँ नक्शा छापिएका पाठ्य पुस्तकमा प्रधानमन्त्री केपी शर्मा ओलीले रोक लगाउनुभएको थियो ।

त्यसको विरोध भए पनि सरकारले सुनेको थिएन । तर, यसवर्ष शिक्षामन्त्री नै नयाँ नक्शा पढाउनुपर्ने कुराको वकालत गरिरहनुभएको छ ।