
प्रदीप पौडेल (इमेज)
पोखरा, कात्तिक २४ । पर्यटन वर्ष २०२० लाई लक्षित गरी पोखरामा पछिल्लो समय होटल र लज थपिँदै गएका छन् ।
पछिल्लो समय पोखरामा ८ रोपनी जग्गामा ३५ करोड रुपैयाँ लगानीमा माउन्टेन लज थपिएको हो ।
नेपाली परम्परा झल्कने गरी ढुंगा र काठको अत्यधिक प्रयोग गरी बनाइएको लज बाराही ग्रुपले सन्चालनमा ल्याएको हो ।
पोखराका युवा व्यवसायी विप्लव पौडेल र नारायण पहारीको लगानीमा सन्चालित ‘सराङकोट माउन्टेल लज’को स्वीमिङ पुलमासमेत माछापुच्छ्रे र अन्नपूर्णसहितका हिमालको प्रतिविम्ब पारिएको छ ।
पर्यटक आकर्षित गराउनकै लागि यस्तो व्यवस्था गरिएको सन्चालको भनाइ छ ।
लज आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्ने सन्चालकहरुको विश्वास छ ।
होटलमा दुईओटा ‘स्वीट’ र २८ ओटा ‘डिलक्स’ रुम रहेका छन् । ८० जना क्षमताको सभाहलसमेत रहेको छ ।
बाराही ग्रुपले काठमाडौंको कान्तिपथमा पाँचतारे होटल बाराही प्लाजा सन्चालनको अन्तिम तयारी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्