
काठमाडौं, कात्तिक २४ । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी क्षेत्र भारतमा गाभिएको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार नेत्रविक्रम चन्द नेतृत्वको समूहको विद्यार्थी संगठनले गरेको प्रदर्शनमा सहभागी विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।
माइतीघर मन्डलाबाट निकालिएको जुलुुसमा कोटेश्वरस्थित सरस्वती माध्यमिक विद्यालयका कक्षा–८ देखि कक्षा–१२ सम्मका विद्यार्थीहरुलाई सहभागी गराइएको थियो ।
प्रतिक्रिया दिनुहोस्