
काठमाडौं, कात्तिक २३ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपालले आगामी संसदबाट अमेरिकी सहयोगमा अगाडि बढाउन खोजिएको विकास परियोजनासम्बन्धी सम्झौता अनुमोदन हुने विश्वास व्यक्त गरेको छ ।
अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को ५० करोड डलर अनुदान सहयोगसहित नेपालकोसमेत १३ करोड डलर लगानी रहेको एक विकास आयोजना अगाडि बढाउन अमेरिकासँग सरकारले गरेको सम्झौता संसदबाट अनुमोदन हुनुपर्नेछ ।
यसअघिको संसदबाटै सम्झौता अनुमोदन हुने भनिएपनि टेबुलसमेत हुन सकेको थिएन ।
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले आयोजनामा राखिएको सबै शर्तका विषय मिलिसकेकाले अब संसदबाट सम्झौता अनुमोदन हुने र आगामी जुलाइ १ देखि कार्यान्वयनमा लैजाने बताए ।
राष्ट्रिय गौरवको आयोजनाकोरुपमा लिइएको यो परियोजनाले ४०० केभी क्षमताको ३१२ किलोमिटर विद्युत् प्रसारणलाइन र १०० किलोमिटर सडकलाई नयाँ प्रविधिबाट बनाउन तयारी भइरहेको हो ।
तीन हजार मेगावाट विद्युत् यो प्रसारणलाइनले बोक्नसक्ने भएकाले यो महत्वपूर्ण आयोजना रहेको विष्टले बताए ।
यो परियोजनाका लागि गत २०७४ भदौ १४ गते अमेरिकी सरकारको मिल्लेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग सम्झौता भएको थियो ।
प्रतिक्रिया दिनुहोस्