२७ जेष्ठ २०८०, शनिबार | Sat Jun 10 2023


मधेशवादी दलका जायज माग र संबिधान संशोधन छिट्टै हुन्छ: मन्त्री राईन


0
Shares

बासुदेव बर्मा/ईमेज:

कपिलवस्तु । बर्तमान सरकारले मधेशवादी दलका जायज मागको सम्बोधन गर्दै संबिधान संशोधन छिट्टै हुने संघीय सरकारका शहरी बिकास मन्त्री मोहम्मद इस्तिहाक राईनले बताएका छन् ।

सरकाररमा सहभागि भएको समयावधी छोटो भएता पनि नागरिकताको बिषय टुंगाएर सरकारले संविधान संशोधन गरेर मधेस र मधेसी प्रति उचित न्याय दिने उनले बताए ।

संघीय समाजवादी फोरम नेपाल कपिलबस्तुले शुक्रवार तौलिहवामा राखेको शुभकामना एवं पार्टी प्रवेश कार्यक्रमलाई संवोधन गर्दै मन्त्री राईनले यस्तो बताएका हुन ।

कपिलबस्तु ६ नगरपालिका डी.पि.आर को तयारी अवस्थामा रहेको हुदा समग्र बिकास लागी प्रत्येक नगरपालिकालाई २ अरब रुपैया शहरी बिकास मन्त्रालयबाट बिनियोजन गर्ने एजेण्डा रहेको मन्त्री राइनले बताए ।

साथै शहरी बिकास मन्त्रालयको मातहतमा रहेको जनता आवास कार्यक्रमका लागी आगामी आर्थिक बर्षदेखि ५० हजार रुपैया प्रतिपरिवार बितरण गरिने समेत उल्लेख गरे ।

चालु आवको बजेट प्रस्तुत भइसकेपछि संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी भएतापनि त्यस्को प्रभाव सकारात्मक रहेको जिकिर गरे ।

फरक प्रसंगमा मन्त्री राईनले संघीय समाजवादी फोरम नेपालको केन्द्रिय महाधिवेशन आउँदो माघ २७, २८ र २९ गते हुने हुंदा ब्यापक रुपमा सहभागिता जनाई महाधिबेशनलाई ऐतिहासिकता प्रदान गर्न आग्रह गरे ।