
जनकपुर, कात्तिक २३ । बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले आमनागरिकमा बिमाको पहुँच सन्तोषजनकरुपमा हुन नसकेको बताएका छन् ।
बिमा नियमकारी निकायले शनिबार जनकपुरमा आयोजना गरेको स्थानीय तहसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष चापागाइँले बिमा कार्यक्रमलाई व्यापक र विस्तार गराउनका लागि आमनागरिकमा बिमासम्बन्धी चेतना अभिवृद्धि गर्नुपर्ने धारणा राखे ।
सीमावर्ती क्षेत्रमा भारतीय बिमा कम्पनीले अवैधानिकरुपमा बिमा गराएको भन्दै त्यस्ता कम्पनीले भुक्तानी दिन पनि आनाकानी गर्ने गरेको उनले बताए ।
कार्यक्रमका सहभागीहरुले बिमाबारे स्थानीय जनतामा जानकारीको अभाव रहेकाले व्यापकरुपमा प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका पदाधिकारी एवं जनप्रतिनिधिसहित विभिन्न बिमा संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्