२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


पाँचथरको टाहारीमा पिकअप दुर्घटना हुदाँ २ को मृत्यु


0
Shares

पाचँथर । मेची राजमार्ग अन्र्तगत पाँचथरको हिलिहाङ टाहारीमा आज भएको पिकअप दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र सीता अधिकारी रहेका छन् । उनीहरु दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

ताप्लेजुङको थेचम्बुका लागि खाद्यान्न सामग्री लिएर जाँदै गरेको पिकअप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले बताउनुभयो ।