३० श्रावण २०८२, शुक्रबार | Sat Aug 16 2025


बैतडीमा ट्याक्टर दुर्घटना हुँदा ११ जना घाइते


0
Shares

बैतडी । बैतडीमा बिहान ट्याक्टर दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

दुर्घटनामा पर्ने सबै पाटन–पञ्चेश्वर सडकमा काम गर्ने मजदूर रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायव निरिक्षक वीरभद्र खडायतले जानकारी दिए ।

गम्भीर घाइतेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि अन्यत्र रेफर गरिएको छ भने अन्य घाइतेको पाटनमै उपचार भइरहेको छ ।

पाटन बजारबाट सडकमा काम गर्नका लागि मजदूर बोकेर हिँडेको ग्वाल्लेक निर्माण सेवाको लु ३ प ३६८१ नम्बरको ट्याक्टर पाटन नगरपालिका ६ कद्वारनजिक मेलापानीमा दुर्घटना भएको हो ।

दुर्घटनाको कारण खुल्न सकेको छैन् । ट्याक्टर सडकवाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।