२२ मंसिर २०८०, शुक्रबार | Sat Dec 9 2023


धरानमा दलहरुको चुनावी प्रचार तीब्र, घरदैलोमा उम्मेदवार


0
Shares

सुनसरी । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपा र काँग्रेस लगायतका राजनीतिक दलहरुले चुनावी प्रचारप्रसारलाई तीव्र पारेका छन् ।

सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका लागि नेकपा र काँग्रेसका उमेद्वारहरु आफ्ना चुनावी ऐजेण्डासहित मतदाताको घरदैलोमा भोट माग्न व्यस्त भएका हुन् ।

नेकपाका तर्फबाट प्रकाश राई, काँग्रेसमा तिलक राई, समाजवादी पार्टीमा गजेन्द्र इस्वो, संघिय लिम्वुवान पार्टीका अमर इजम र साझा पार्टीका राजनकुमार श्रेष्ठ मतदातासँग भोट माग्दै घरदैलो अभियानमा छन् ।

धरानका २० वडामध्ये १५ वडामा विजयी गरेको नेकपा र ५ वडा जितेको कांग्रेसबीच चुनावी प्रतिष्पर्धा भने कडा हुने अनुमान गरिएको छ ।

धरानको उपनिर्वाचनका लागि ९२ हजार ८ सय ५३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।