१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


कोरोना संक्रमणबाट जनतालाई मुक्त गर्नु नै पहिलो प्राथमिकता : स्वास्थ्यमन्त्री तामाङ


0
Shares

काठमाडौं, जेठ २४ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरवहादुर तामाङले कोरोना संक्रमणको कहरबाट जनतालाई मुक्त गर्नु नै आफ्नो प्राथमिकता भएको बताउनु भएको छ ।

स्वास्थ्यमन्त्रीमा नियुक्त भएपछि सोमबार पहिलो पटक गरिएको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री तामाङ्ले संक्रमणबाट सबै नागरिकको जीवन रक्षा गर्न आफु स्वास्थ्य मन्त्रालय आएको हो भन्नुभयो ।

संक्रमण नियन्त्रण गर्न परीक्षणको दायरालाई बढाउने, संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्ने लगायतका कामलाई प्राथमिकतामा राखिने उहाँले बताउनुभयो ।

संक्रमणको तेस्रो लहरमा बालवालिकालाई कसरी जोगाउन सकिन्छ भन्ने विषयमा छलफल गर्ने भन्दै मन्त्री तामाङ्ले तेस्रो लहरका लागि अहिलेदेखि नै तयारी सुरु गर्ने पनि बताउनुभयो ।

केही महिना भित्रै सबै नेपालीलाई खोप लगाउने व्यवस्था गर्ने भन्दै मन्त्री तामाङ्ले पहिलो डोज लगाइसकेका जेष्ठ नागरिकहरुका लागि आवश्यक खोप ल्याउने कोशिस भईरहेको पनि बताउनुभयो ।

सरकारले तोकिदिएको खर्चमै रहेर निजी अस्पतालहरुले उपचार गर्नु पर्ने र त्यसका लागि अनुगमन तीब्र बनाउने पनि उहाँले बताउनुभयो ।