
काठमाडौं, कात्तिक २२ । गरैआवासीय नेपाली संघले भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू–भागकारुपमा देखाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
भारत सरकारको यो कार्यबाट विश्वभर छरिएर रहेका नेपालीहरु क्षुब्द भएको संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
‘दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरु कूटनीतिक माध्यमबाट दुवै पक्षको सहमतिमा ऐतिहासिक दस्तावेज एवं प्रमाणका आधारमा टुंग्याउनुको सट्टा एकपक्षीय ढंगबाट चालिएको कदमको भर्त्सना गर्दछौं’–संघले भनेको छ ।
मुलुकको सार्वभौमिकता र भौगोलिक अखन्डताजस्तो संवेदनशील विषयसँग सम्बन्धित यो मुद्दामा नेपाल सरकार, आमनेपाली नागरिक एवं विदेशस्थित गैरआवासीय नेपाली समुदायलाई एकसाथ उभिन पनि संघले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्