४ असार २०८२, बुधबार | Wed Jun 18 2025


रक्षा गर्नुको सट्टा संविधानको मर्मविपरीत गतिविधि गरेको भन्दै गृह जिल्ला झापामा प्रधानमन्त्रीको विरोध


13
Shares

सुरेन्द्र भण्डारी

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लामो संघर्षपछि प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्दै संविधानको रक्षा गर्लान् र मुलुकलाई समृद्धिको मार्गमा डो¥याउलान भन्ने झापावासीले अपेक्षामाथि उन्ले तुषारापात गरेका छन् ।

प्रतिनिधि सभाको निर्वाचनमा झापा क्षेत्रनम्वर ५ बाट निर्वाचित हुँदै प्रधानमन्त्री बनेका ओलीले संविधानको रक्षा गर्नुको सट्टा उल्टै संविधानलाई धुजा – धुजा पारेर च्यातेको झापावासीले आरोप लगाएकाछन् ।

उन्को समयमा समृद्धि आउला भन्ने सोचेका उनीहरुले उल्टै स्वच्छाचारी र क्रुर तानासाह जस्तै बनेको देख्दा अच्चम मानेकाे लिम्बूवानका नेता सञ्जुहाङ पालुङ्वाले बताए ।

सत्ता, शक्ति, कानून, संविधान र वैधानिकताले नेपालको राजनीति अहिले कता मोडिने हो द्विविधामा छ । यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले आफ्नै कार्यकर्तालाई रिझाउन नसक्दा अन्य दल भित्र नभई आफ्नै दलका कार्यकर्ता समेत उनको कार्यशैली प्रति सन्तुष्ट नभएकाे नेकपा एमाले (माधव नेपाल समूह) का नेता रविन कोइराला बताउँछन् ।

आफ्नै दलका कार्यकर्ता समेत रिझाउन नसकेका ओलीको कदम विरुद्ध अझ अन्य दलका नेता तथा कार्यकर्ता सन्तुष्ट हुने कुरै भएन । प्रधानमन्त्री ओलीले धमीलो पानीमा माछा मार्दै विद्यमान व्यवस्था नै परिर्वतन गर्न खोजेका त छैनन भन्ने पनि झापावासीको आशंका छ नेकपा माओवादीका नेता धर्मशीला चापागाई भन्छन ।

प्रधानमन्त्री ओलीका पछिल्ला कदमका विरुद्ध झापाका नौ राजनीतिक दल विरोधमा छन् नै त्यसमाथि मुलुककै स्र्वाेच्च पदमा रहेकी राष्ट्रपति विद्यादेबी भण्डारीपनि कुनै एक व्यक्तिको इसारामा चलेको भन्दै यहाँका स्थानीयहरुले विरोध गरी रहेकाे नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले बताए ।

प्रधानमन्त्री ओलीका पछिल्ला कदमले नेपालको विद्यमान राजनीतिक संकट आगामी दिनमा बहुआयामिक रूपमा अस्थिरता र अनिश्चिततातर्फ उन्मुख हुने संकेतहरू देखिन थालेको भन्दै ओलीको कार्यशैली प्रति उनकै गृह जिल्ला झापामा दिनहुँजसो विरोधका स्वरहरु उर्लन थालेका छन् । आफ्नै गृह जिल्लामा समेत आलोचीत बनेका ओलीले अरुलाई त झन कसरी समेटेर लैजालान भन्ने प्रश्न चिन्ह खडा भएको देखिन्छ ।