
डडेल्धुरा, कात्तिक २२ । चिकित्सा क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसीको समर्थनमा शुक्रबार डडेल्धुरामा विशाल प्रदर्शन गरिएकोे छ ।
१७औंपटक सत्याग्रह थालेका डा. केसीको समर्थनमा निकालिएको र्यालीले नगरका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो ।
त्यसक्रममा जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पनि बुझाइएको थियो ।
ज्ञापनपत्रमा डा. केसीको स्वास्थ्य अवस्था प्रतिकूल बन्दै गइरहेको र माग जनपक्षीय भएकाले सम्बोधन गर्नुपर्ने उल्लेख छ ।
अवस्था कमजोर
यता, डा. केसीको रेखदेखमा संलग्न स्वास्थ्यकर्मीहरुले उनको अवस्था कमजोर बन्दै गइरहेको जनाएका छन् ।
डा. केसीलाई रिंगटा लाग्ने, शारीरिक क्षमतामा कमी आएको, भेटघाटकाक्रममा पनि बोल्न नसक्ने अवस्थामा पुग्न लागेको चिकित्सकहरुले बताएका छन् ।
डा. केसीका माग पूरा नभएसम्म डडेल्धुरामा निरन्तर प्रदर्शन गर्ने कार्यक्रम स्थानीयले तय गरेका छन् । उनको अनशनमा स्थानीयको समर्थन बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्