१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


पोर्चुगललाई हराउँदै जर्मनी युरो यु–२१ च्याम्पियन


0
Shares

एजेन्सी । पोर्चुगलको युवा टोलीलाई हराउँदै जर्मनी युरो यु–२१ च्याम्पियनसिपको च्याम्पियन बनेको छ ।

स्लोभेनियामा गएराति भएको खेलमा पोर्चुगललाई १–० ले पराजित गर्दै जर्मनीले उपाधि जितेको हो ।

जर्मनीलाई च्याम्पियन बनाउन लुकास एनएमेचाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

जर्मनीले लगातार तेस्रो सिजन फाइनलको यात्रा तय गर्दा दोस्रो पटक च्याम्पियन बन्न सफल भएको हो ।

जर्मनी २०१७ को च्याम्पियन बन्दा २०१९ मा स्पेनसँग २–१ ले पराजित भएको थियो ।

पोर्चुगल तेस्रो पटक फाइनलमा पुगेपनि उपाधिबाट विमुख बन्न पुग्यो । पोर्चुगलले १९९४ र २०१५ मा फाइनल खेलेको थियो ।

पोर्चुगल १९९४ मा इटालीसँग अतिरिक्त समयमा १–० ले तथा २०१५ मा स्वीडेनसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित भएको थियो ।