
सागर महत (इमेज)
अर्घाखाँची, कात्तिक २२ । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा शुक्रबार देउसी–भैलो खेलिएको छ ।
तिहारमा खेलिने देउसी–भैलो आज हरिबोधिनी एकादशीको अवसर पारेर खेलिएको हो ।
गएको तिहारमा यहाँ देउसी–भैलो विगतको तुलनामा कमै देखिएको थियो । आज देउसी–भैलो खेल्न गाउँ–गाउँबाट स्थानीय आएका छन् ।
आज सदरमुकाममा खेलिएको देउसी–भैलोले धेरैलाई आकर्षित गरेको छ । दर्शकको घुइँचो लागेको छ ।
देउसी–भैलो खेल्न युवा, बालबालिकामात्रै होइन, पाका उमेरका व्यक्ति पनि आएका छन् । नाचगानका साथ उनीहरुले निकै रमाइलोसित देउसी–भैलो खेलिरहेका छन् । योपटक मौलिक देउसी–भैलोलाई विशेष जोड दिइएको छ ।
आज यहाँ देउसी–भैलो खेल्न कपिलवस्तु र दाङबाट पनि एक/एकओटा समूह आएका छन् ।
अर्घाखाँचीमा हरिबोधिनी एकादशीमा देउसी–भैलो खेलिनु परम्परा नै हो । यहाँ विगतदेखि नै यसदिन देउसी–भैलो खेल्ने गरिन्छ ।
तिहारमा गाउँ–गाउँमा देउसी–भैलो खेलेकाहरु यसदिन सदरमुकाम आएर देउसी–भैलो खेल्छन् । समूह, क्लब, संघ–संस्थासहितको टोली यसदिन सदरमुकाम आएर देउसी–भैलो खेल्ने गर्छन् ।
प्रतिक्रिया दिनुहोस्