बैतडी, कात्तिक २२ । बैतडीको पुर्चौडी नगरपालिका–३ का ४५ वर्षीय वडासदस्य गणेश पार्की मृत अवस्थामा शुक्रबार भेटिएका छन् ।
पुर्चौडी नगरपालिका–१ स्थित राताशीला मन्दिरनजिक उनको शव शुक्रबार बिहान फेलापरेको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।
बिहीबार राति स्थानीय राताशीला मन्दिरमा जात्रा हेर्न गएका वडासदस्य पार्कीको मृत्युबारे तत्काल थाहा हुन नसकेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस








प्रतिक्रिया दिनुहोस्