
काठमाडौं । सुनको मुल्यमा आज कमी आएको छ ।
अन्तर्राष्ट्रिय बजारलाई पच्छायाउँदै आज स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेर ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको मूल्य ७० हजार ६ सय रुपैया प्रतितोला रहेको थियो । आज चाँदीको मुल्यमा पनि कमि आएको छ ।
चाँदीको मुल्य तोलामा १५ रुपैयाँ घटेर ८ सय ३५ रुपैयाँँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंन्स १४ सय ६९ डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्