३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


कञ्चनपुरमा मलको अभाव, भारतीय बजारमा चर्को मूल्य तिर्न बाध्य


0
Shares

कञ्चनपुर । खेती गर्ने बेला रासायनिक मलको अभाव भएपछि कञ्चनपुरका किसान मर्कामा परेका छन् ।

धान भित्र्याएसँगै गहुँ खेती गर्ने तरखरमा रहेका यहाँका किसान मलको अभाव भएपछि मर्कामा परेका हुन् ।

गहुँ छर्ने बेलामा डिएपी र यूरिया मल नपाएपछि कञ्चनपुरका किसान अन्यौलमा परेका छन् ।

कतिपयले सीमावर्ती भारतीय बजारबाट चर्को मूल्यमा खरिद गरि गहुँ छर्ने तयारी गरेका छन् भने कतिपय किसान प्राङ्गारिक मलकै भरमा गहुँ छर्ने तयारीमा जुटेका छन् ।

कञ्चनपुरमा २ हजार ५ सय मेट्रिक टन युरिया, २ हजार मेट्रिक टन डिएपि र ७० मेट्रिक टन पोटोस वार्षिक रुपमा खपत हुने कृषि सामग्री कम्पनी लिमिटेड कार्यालय कञ्चनपुरले जनाएको छ ।

कार्यालयका अनुसार हालसम्म लक्ष्यको २५ प्रतिशत पनि मल उपलब्ध हुन सकेको छैन् । सरकारले समयमै बजेट व्यवस्थापन गरी आपूर्ति गर्न नसक्दा मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड कञ्चनपुरका कार्यालय प्रमुख बलबहादुर शाहले जानकारी दिए ।

साल्ट टेड्रिङ कर्पोरेशन लिमिटेडले दुईदिन यता ८ सय ४० बोरा युरिया र ८ सय ४० बोरा डिएपि मल आएपनि माग अनुसार आपूर्ति हुन नसकेको जनाएको छ ।