
एजेन्सी । युरोकप छनोट अघिको मैत्रीपूर्ण खेलमा रुसले बुल्गेरियालाई हराएको छ ।
गएराति भएको खेलमा रुसले बुल्गेरियालाई १–० गोलले पराजित गरेको हो । उसका लागि सोभोलेभले ८४औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।
फिफा वरीयतामा रुस ३८औं स्थानमा छ भने बुल्गेरिया ७१औं स्थानमा रहेको छ ।
यस्तै गएराति नै भएको अर्को खेलमा वेल्स र अल्बानिया गोलरहित बराबरीमा रोकिएका छन् ।
विश्व वरियतामा १७औं स्थानको वेल्सले ६६औं स्थानको अल्बानियालाई हराउन सकेन ।
यस्तै स्वीडेनले अर्मानियालाई ३–१ गोलले हराएको छ । युरोकप फुटबल आगामी शुक्रबारदेखि सुरु हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्