८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025


आनन्द फाउन्डेसनद्वारा नौ जिल्लामा एक सय वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग


0
Shares

काठमाडौं । आनन्द फाउन्डेसनले देशका विभिन्न सरकारी अस्पताल र स्वास्थ्य सेवा प्रदायकहरूलाई अक्सिजन कन्सन्ट्रेटर सहयोगको शुभारम्भ गरेको छ ।

फाउन्डेसनले ताइवान एलजेम बौद्ध सोसाइटीको तर्फबाट मिलारेपा ध्यान केन्द्रबाट सहयोग गरेको १ सय वटा कन्सन्ट्रेटर विभिन्न नौ जिल्लामा वितरणको शुभारम्भ गरेको हो ।

फाउन्डेसनका नेपाल अध्यक्ष राजु श्रेष्ठले शनिबारदेखि देशभरका दुर्गम क्षेत्रका स्वास्थ्य चौकी र अस्पतालाई १ सय वटा अक्सिजन कन्सन्ट्रेटर वितरण गरिने बताउनुभयो । यसले अक्सिजनको अभावबाट हुने मृत्युलाई केही भए पनि कम गर्न सकिने उहाँको विश्वास छ ।

अक्सिजन कन्सन्ट्रेटर स्थानीय नुवाकोट, स्याङ्जा, म्याग्दी, गोरखा, सोलुखुम्बु, मनाङ, कास्की र बर्दियाका विभिन्न स्थानीय तह, अस्पताल र स्वास्थ्य चौकीलाई वितरण गरिने श्रेष्ठले बताउनुभयो ।